नमराज लामिछाने
18 जुन साउदी अरब
“यसपालीको इद होलिडे मनाउदै, पीडितलाई सहयाेग गर्दै भलिबल खेल्दै रमाउदै...” भन्ने उद्देश्यका साथ रियाद लाग्ङघालि स्पाेर्टस् ग्रुपले मुस्लिम समुदायको पवित्र महिना रमादान इद छुट्टीको अवसरमा खोलाएको भलिवल प्रतियोगितामा स्याङ्जा सहयाेग समाज च्याम्पिएन बन्न सफल भएको छ ।
रियाद स्थित ईक्जिट १८- अल ओजामी काम्पनिको प्रङगनमा भएको प्रतियोगितामा आयोजक टिम सहित २९ टिमको सहभागिता रहेको थियो भने उल्लेखनिय रुपमा नेपालीहरुको सहभागिता रहेको देखिन्छ ।
नेपाली राजदूतावास रियाद साउदी अरबका नियाेग उपप्रमुख श्री अानन्द प्रसाद शर्माकाे प्रमुख आतिथ्यमा भएकाे उक्त प्रतियोगिता खेल संयाेजक श्री दिपक रेग्मीकाे सभापतीत्व र श्री नमराज लामिछानेले कार्यक्रम संचालन गरेका थिए । प्रतियोगितामा उपस्थित सबैलाई स्वागत गर्दै श्री रुद्र कुमार कार्किले सबैलाई ईदकाे शुभकामना व्यक्त गर्नु भएको थियो । विभिन्न संघसस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको प्रतियोगिता भव्य र सभ्यका रुपमा साथ सम्पन्न भएकाे थियाे ।
१५ जुन बेलुका बाट प्रतियोगिता सुरु भई १७ जुनमा समापन भएको थियो । अहिलेको यस समयमा साउदी अरबमा धेरै गर्मी हुने हुँदा दिउसोको समयमा कुनै कार्यक्रम तथा प्रतक्ष्य घाममा काम गर्न सकिदैन तसर्थ विहान ८ बजे देखि बुलेका ५ बजेसम्म प्रतियोगिता रोकेर पुन संच्चालन गरिएको खेल संयाेजक दिपक रेग्मिले बताउनु भयाे ।
कार्यक्रमलाई सम्बोधान गर्दै नियाेग उपप्रमुख अानन्द प्रसाद शर्माले भन्नु भयो हामीले सबै धर्म संकृतिलाई सम्मान गर्नु नै आफुले सम्मान पाउनु हो । हामी सबै नेपाली एक हौं । नेपालको जुनसुकै क्षेत्रबाट हामी यहाँ आएता पनि हामी सबै नेपाली हौ । एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु नै हामी सबैको कर्तव्य हो ।सबैले सबैलाई मद्दत गर्न हातेमालो गरौं । नेपाली राजदूतावास सदैब नेपालीहरुको सेवामा तत्पर रहने छ भन्दै उपस्थित सबैलाई ईदकाे शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
२९ टिमको प्रतिस्पर्धा बाट उत्कृष्ट बन्दै नेपाली रु. ७१०००, कप, मेडल र प्रमाणपत्र हात पार्दै स्याङ्जा सहयोग समाज प्रथम, नेपाली रु. ४२,५००, कप, मेडल र प्रमाणपत्र हात पार्दै युनिक गाेर्खाली युवा क्लब द्धितिय र नेपाली रु २१,५००, कप, मेडल र प्रमाणपत्र हात पार्दै चम्किलो तारा "बि" तृतिय भएका थिए । त्यस्तै स्याङ्जा सहयोग समाजका मनिश गुरुङ वेष्ट स्पाइकर र युनिक गाेर्खाली युवा क्लबका तुम राना उत्कृष्ट खेलाडी घोषणा भए ।
खेलकाे उद्देश्य नितान्त रमाइलो एंव साउदी अरबको जेलमा रहेका रोल्पा जिल्ला निवासी दिल बहादुर घर्तिमगर एवं गोरखा जिल्ला निवासी कुमार राना मगरको रिहाईको लागि चाहिने ब्लडमनिमा सहयोगार्थ रहेकाे र खेलकुद बाट र त्याँहा उपस्थित दर्शकहरुले दिएकाे सहयोग बाट राम्रो कलेक्शन गर्न सकिएकाे र छिट्टै सबै हिसाबकिताब गरि यसकाे विवरण प्रस्तुत गरि रकम हस्तान्तरण गर्ने कुरा खेलकुद आयाेजक समितिका संयोजक दिपक रेग्मी ज्यूले बताउनु भयो ।