Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Thursday, February 14, 2013

सरस्वती पूजाको महत्व र यसको महिमा


सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती !!!



        श्रीपञ्चमी अथवा बसन्त पञ्चमी सनातन हिन्दूहरुको एक विशेष पर्व हो  यस दिन विद्याकी देवि सरस्वतीलाई विभिन्न किसिम ले पूजा आरधाना गरि मनाइन्छ । यो पर्व हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन पर्दछ ।       विभिन्न किंवदन्ति अनुसार सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरुको सृष्टि गर्नु भयो जसमा विशेष त मनुष्य योनीको रचनामा गरिसके पछि भगवान ब्रह्मा खुशी हुन भएन वहाँलाई केही कुराहरुको कमी भएको भान भयो र फेरी विष्णुको अनुमति लिएर वहाँले आफ्नो कमण्डलुबाट जल पृथ्वीमा छर्नु भयो, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भनि नामाकरण गर्नु भायो । सरस्वतीलाई बागीश्वरी, भगवती, शारदा, वीणावादनी र वाग्देवी, सरस्वती, शारदा, जगत्माता कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नामहरूले पूजा गरिन्छ । यिनी विद्या र बुद्धि प्रदातृ मानिन्छिन् । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजा अर्चना गरि मनाइन्छ  

Friday, January 25, 2013

श्री स्वस्थानी व्रत कथा र यसको प्रचलन


     आज १३ मघ २०६९ देखि श्री स्वस्थानी व्रत अरम्भ हुँदै छ । स्वस्थानी परमेश्वरीको अनुष्ठान व्रत गरे मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वसले नेपालमा पौष शुल्क पूर्णिमादेखि माघशुल्क पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधाना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने प्रचलन परापूर्वकाल देखि चल्दै आएको छ ।

            सत्ययुगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलीङ्ग बनाई निराहार ब्रत बसेर तपस्य गरी मनोकाङ्क्षा पूर्ण भएको कुरा यस कथासँग जोडिएको छ । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीकारूपमा उनको जन्म भयो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकण्टार वनमा पुगेरमहादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसारगर्न सल्लाह दिए । भगवान् विष्णुले पनि महादेव पति पाउन श्री स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीलेविधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी थिइन् । त्यसको फलस्वरूप उनले महादेव पति पाइन् । शिव पार्वतीको विवाह भइसकेपछि लोककल्याणका लागि परम्परागत रुपमा सोही व्रतकथा प्रचलित हुँदै आएको मानिन्छ । सुखसन्तोषउन्नति तथा परमार्थमा शिवलोक पाउने कामनाकासाथ जगदीश्वर महादेवको स्तुति एवम् भक्तिपूर्वक  पूजा आराधाना गरिन्छ । कथावाचन सकिएपछि स्वस्थानी कथा पुस्तकको पूजाअर्चना गरी प्रसाद ग्रहण गरिने परम्परा छ ।

                स्वस्थानी शब्द 'स्व 'स्थानगरी दुई शब्द मिलेर अन्त्यमा 'प्रत्यय लागेर बनेको छ । यसको अर्थ स्वस्थानमा रहने देवी अथवा आफ्नै स्थानमा रहने भगवती भन्ने बुझिन्छ । अष्टदलका वरिपरि रहनेअष्टमातृका (चामुण्डामहाकालीवैष्णवीब्राहृमीमाहेश्वरीकौमारीवाराही र इन्द्राणी) का बीच त्रिशूलतरवारकमल र चक्र लिएर रहेकी देवीको स्वरूप बताइएको छ । अष्टदल पद्ममा अष्टमातृकात्यसमाथि खड्गत्रिशूलवरनीलोत्पल हातमा लिएकी चार हाततीन आँखा भएकीविभिन्न गहनाले शोभायमानसुनौलो वर्ण भएकी देवीकोस्वरूप छ । यस्ती देवी स्वस्थानीको विधिपूर्वक व्रत एवं पूजा-आराधना गर्नाले मनोकाङ्क्षा सिद्धि हुने विश्वासगरिन्छ ।

                पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखीसङ्कल्पपूर्वक व्रत आरम्भ गरिन्छ । एक महिनासम्म मध्याहृनको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा-आराधना गरिन्छ । व्रतालुहरूले पूजा-आराधनापछि स्वस्थानीको माहात्म्य वाचन वाश्रवण गर्ने गर्छन् । व्रत अवधिभरि चोखोनितो गरी मध्याहृनकालमा एक पटकमात्र भोजन गर्ने गर्छन् । विधिपूर्वकव्रत नबस्नेहरूले पनि आ-आफ्नो  घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्दछन् । यसप्रकारकले श्रद्धा एवं भक्तिपूर्वक गरिएको स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूणिर्माको दिनसमापन गरिन्छ । यस दिन सम्पूर्ण पूजासामग्री सहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तुहरू १०८ कोसङ्ख्यामा हुने गर्छन् । अक्षताबेलीपुष्पसुपारीजनैपानबत्तीरोटीएवं मौसम अनुसारका फलफूलहरू सबैएकसय आठका दरले चढाई शिवलिङ्ग सहित ॐकारयुक्त अष्टदलमा श्री स्वस्थानीको विशेष पूजा गरिन्छ । पूजासकिएपछि जुन कामनाले व्रत गरिएको हो सो कामना पूरा होस् भन्दै अर्घ दिई यस व्रतको समाप्ति गरिन्छ ।

                स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थलहरू नेपाल विशेषगरी काठमाडौंभित्रै रहेका छन् । कथाकाविभिन्न प्रसङ्गमा आएका गुहृयेश्वरीगोकर्णश्लेष्मान्तक वनकिराँतेश्वरगौरीघाटवाग्मती नदीशालीनदीजस्ता क्षेत्र यहीं पर्ने हुनाले पनि नेपाली समाजमा यस व्रतले बढी महत्त्व पाएको प्रतीत हुन्छ । राजधानीदेखि १७ किलोमिटर उत्तर पूर्वमा रहेको प्राचीन नगर शंकरापुर (साँखु) मा रहेका मणिशैल (शाली) नदीकिनारमा महिला तथा पुरुषहरू श्रीस्वथानीको पूजाआराधना गर्दै व्रत बस्ने पनि परम्परा छ । स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शालीनदीमा एक महिनासम्म मेला लाग्दछ । यस ठाउँमासयौं व्रतालुहरू पुस माघको चिसोलाई समेत बेवास्ता गर्दै एक महिनासम्म बस्ने गर्दछन् भने अन्य दर्शनार्थीहरू पनिस्नानदर्शन आदि प्रयोजनका लागि पुग्ने गर्दछन् । सार्वजनिक बिदाको दिनमा श्रद्धालु भक्तजनहरूको ज्यादै भीडलाग्ने गर्दछ । यसैगरी पशुपति गुहृयेश्वरीकिराँतेश्वरगौरीघाटमृगस्थली आदि क्षेत्रमा महिनाभरि नै दर्शन एवंपूजन गर्नेहरूको भीड लाग्छ । गौरीघाटमा रहेकी भगवती पार्वतीको दर्शनको महिमा स्वस्थानी व्रतकथामा लेखिएकोछ । यसका साथै मुलुकभर रहेका पीठहरू (सतीदेवीका अङ्ग पतन) भएका स्थानमा पनि भक्तजनको भीड लाग्दछ। यी पीठको महत्त्व बुझी एक पीठको मात्र दर्शन गरे पनि जन्म सफल हुने स्वस्थानी व्रतकथामा वर्णन गरिएको छ ।

                स्वस्थानीको प्रत्येक अध्यायको कथा सकिएपछि इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये श्रीस्वस्थानीव्रतकथायां.......भन्दै स्वस्थानीको आधारग्रन्थ स्कन्दपुराण भएको बताइएको छ । ३१ अध्यायमा विभक्त स्वस्थानीव्रतकथाका केही कथा स्कन्दपुराणबाट लिइएको भए पनि सबै होइनन् । पद्मपुराणमा शिवपार्वती संवादको रूपमा १५३श्लोक मात्र स्वस्थानी व्रतमाहात्म्य बताइएको छ । स्वस्थानीको कथामा आउने प्रसङ्गहरू स्वस्थानी देवीको स्वरूपव्रतविधिलगायत शिवशर्मागोमानवराज आदि प्रसङ्ग सामान्य रूपमा बताइएको छ । यसबाहेक श्रीमद्भागवतविष्णु बाराहलगायतका पुराणलाई पनि स्वस्थानी कथाको आधार बनाइएको छ । यिनै विभिन्न पुराणलाई आधार बनाएर पहिले स्वस्थानी नेवारी भाषामा लेखिएको थियो । पहिले स्वस्थानी व्रतनेवार समुदायले मात्र लिने गर्दथे । पछि व्यापारिक सिलसिलामा नेवारहरू देशभरि फैलिएपछि स्वस्थानी व्रतले पनि फैलिने मौका पायो भन्नेहरू पनि छन् । करिब पाँचसय वर्षयता मात्र स्वस्थानी नेपालीमा लेखिन थालिएको शिवराजआचार्य कौण्डिन्न्यायनले लेख्नुभएको वैदिक धर्म मूल रूपमा भन्ने पुस्तकमा उल्लेख छ ।
                               
                             "इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये श्रीस्वस्थानीव्रतकथायां……………..


स्रोतः महत्वपूर्ण जानकारीहरु विभिन्न अनलाइन प्रत्रपत्रिकाबाट संकलन गरि तयार गरिएको 


Thursday, January 24, 2013

जनताको एकता आजको आवश्यकता


             संविधानसभाको विघटनपछि उत्पन्न राजनीति संकटको यस्तो विशिष्ट परिस्थितिमा प्रमुख दलहरुले मुठभेडको बाटो रोज्नु देश र जनताले ठूलो दुर्घटना व्यहोर्नु पर्ने हुन्छ । यस्ले कसैको पनि भलो गर्दैन् बरु विगतमा हासिल गरेको सबै उपलब्धिहरु गुम्ने सम्भावना देखिन्छ । हालैका दिनहरुमा देखिदै आएका घटना परिघटनाले दलहरुमा सहमतिको सट्टा विमती, कार्यकर्ता कार्यकर्ताबीच भिडन्त मानौ अब देशमा ठूलो मुडभेड हुने होकी भन्ने देखिन्छ । 

                  पटक पटक राष्ट्रपतिले आवहान गरकोको सहमतिय सरकारमा दलहरु समावेस हुन नसक्नु, अर्को नयाँ सरकार गठन गर्न पनि नसक्नु, चुनाबको तिथिमिति घोषण गरी चुनाव प्रकृयामा जान पनि नसक्नु दलहरुबीच नालायकपन देखिएको छ भने हालैको दिनहरुमा जिल्ला जिल्लामा विद्रोहको आगो सल्किन लाग्नुले साच्चैनै नेपालको शान्ति प्रकृया फेरी पुरानै बाटोमा फर्किएको आभास भएको छ । जनता फेरी एकपटक त्रासी बनेका छन् । माओबादीहरुले जंगल पस्ने धम्कीदिनु । कांग्रेस लगाएत अरु राजनीतिपार्टीहरुले जिल्ला केन्द्रित आन्दोलन घोषण गर्नु अनि दैलेख घटना प्रकरणमा आउनु देश र जनताको लागि दुर्भाग्यपूर्ण संयोग परेको छ । एउटा गाँउ खरानीहुन, एउटा जंगल खरानीहुन एउटा सानो आगोको झिल्लका  काफी हुन्छ भनेझै कुनै पनि विद्रोहको आगो दन्किन सानो तिनो घटना नै काफीहुने कुरा विगतका घटनाक्रमले पनि देखाएको छ । 

              त्यसैले देशको यस्तो विषमपरिस्थितीलाई मध्यनाजर गर्दै तपाई हामी नेपाली जनता, स्वंयम र संयम हुनु जरुरी देखिन्छ, । कुनै पनि दल विशेषको कार्यक्रममा विना सोचबुझ भाग नलिने, दल तथा राजनीतिक पर्टिहरुले अव्हान गरेका घोषित तथा अघोषित कार्यक्रमहरुमा सहभागीता नजनाउने, राष्ट्र र नेपाली जनताको हितविपरीत कुनै पनि दलिय स्वर्थको पछि नलाग्ने, गाँउ, समाज, देश नै विखन्डन हुने जस्ता नाराहरु, जातिय नारा, धार्मिक नारा, जस्ता नाराहरुको पछि नलाग्ने तथा संप्रदायीक दंगा भडकिन नदिन अत्यन्त जरुरी देखिन्छ । नागरीक समाज, बुद्धिजीवी बर्ग, शिक्षक, विद्यार्थी, प्रत्रकार, व्यवसायी सबै सचेत नेपाली जनता फेरी एक पटक एकजुट भई नेपालको शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पु¥याउनु आजको आवश्यकता भएको छ । 

- नमराज लामिछाने

Saturday, January 19, 2013

हेल्थ टिप्स- रुघाखोकी लाग्दा घरेलु उपचार कसरी गर्ने?

       जब मान्छेलाई समस्याआई पर्छ तब मात्र उस्ले समाधानको उपायहरु खोजी गर्छ दुइ, तिन दिन देखि एकासी बढेको जाडोले गर्दा हो वा अरुनै कुनै कारणले गर्दा हो रुघाँ लागेर घाँटी दुख्ने, टाउको दुख्ने, ज्यान दुख्ने आदि इत्यादिले सताएको अब के गर्ने? सधैं हस्पिटल जाऊ एन्टिबायोटिक ल्याऊ, खाऊ, बिमारलाई दबाऊ साध्यहुने कुरै भएन अत्यधिक मात्रामा एन्टिबायोटिक खाँदा पनि साइडइफेक्ट होला भन्ने डर  त्यसैले बिरामीको बाबजुद्ध पनि अध्ययन खोजतलास गरेर सबैलाई उपयोगि हुने एउटा लेख तयार पारेर पस्केको छु सबैलाई उपयोगी हुने आशा पनि राखेको  

             समान्य तया मौसम परिवर्तन हुँदा या अत्याधिक चिसोको मौसममा मानिसलाई रुघाँलाग्ने, ज्यान गह्रौं भई टाउको दुख्ने, ज्यान दुख्ने, हाछ्यू आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने गर्दछ यसैलाई हामी नेपाली भाषामा रुघा खोकी भन्दछौ यस्तो लक्षण देखिने वित्तिकै हामी आम नेपाली फार्मेसीमा गएर ब्रुफिन, सिटामोल, प्यानाडोल तथा एन्टिबायोटिक खान्छौ रोग लाई दबाएर राख्ने गर्दछौ यसो गर्नु पूर्ण गलत हो

त्यसो भए के गर्ने ?

            पानी उमालेर पिउने गर्नुहोस त्यसको बाफ लिनुहोस् ज्वानोको वाफ लिने, घाँटी दुखेको भने कुल्ला गर्नुहोस अदुवा, मरिच राखेर पनि पानी पिउन सक्नु हुने यसले पनि धेरै हद सम्म फाइदा पुग्ने देखिन्छ यदि चिसोको कारण हो टन्सिल बढेको भने बेसार, चियापत्ति, ज्वानो तथा नुन हालेको पानीले कुल्ला गर्नु राम्रो हुन्छ गाँउघर तिर भए रुदिलो पनि धेरै राम्रो मानिन्छ तुलसीको पात घोटेर पिउनाले पनि रुघाँखोकी सन्चो हुन धरै फाइदा हुने रहेछ घाँटीको खसखसलाई हटाउन अदुवालाई पोलेर नुन सँग खानाले दुधमा वेसार हालेर पिउनाले पनि राहात हुँदो रहेछ
           कागती पानी, कागती पानीमा नुन मरीचको दाना हालेर पिउनाले तथा तुलसीको पात, असुरोको पातलाई पानीमा हालेर उमालेर पिउनाले पनि रुघाँखोकी जस्तो भाइरलको समस्यलाई धेरै नै ठिक पार्दोरहेछ अदुवा मरीचलाई मज्जाले पिसेर महमा मिलाई तातो पानीसँग खानाले पनि धेरै राहात हुँदो रहेछ  

           सामान्य रुघाखोकीमा यदी कुनै असमान्य लक्षण देखिए, ज्वरो १०२ डिग्रीभन्दा माथि रहिरहे, छातिमा घ्यार, घ्यार बढी रहे, छती बेस्मारी दुखेमा, पहेलो वा हरियो कफ आएमा, सासफर्ने गारो परेमा मात्र तुरुन्त हस्पिटल गई चेक गुर्न पर्दछ सामान्य तथा रुघाखोकी तिन दिन सम्म रहन्छ भने असमान्य अबस्थामा यो , दिनमा निको हुने देखिन्छ , दिनमै निको भएन भनेर हतारिएर मेडिकलको औषधी खाइहाल्नु बुद्धिमानि मानिदो रहेन

            यी भए मैले आफुलाई लागेको रुघाँखोकी निको पार्न खोजतलास गरेर पत्ता लगाएको जानकारीहरु यदि तपाईहरु सँग त्यस्तो कुनै जानकारीहरु छन् भने कृपया कमेन्टबक्स भित्र टाईप गरी सुझबको रुपमा लेखि पठाई दिनुहुनेछ भनि आशा राख्द छु

Friday, January 18, 2013

साउदीमा बिहीबारे छुट्टी, ओभरटाइमको हल्ला, प्रचार र यथार्थ



१७ जनवरी २०१३

धरम के.सी.
साउदी अरब

   साउदी सरकारले आफ्ना नागरिकहरूलाई प्राइभेट कम्पनीहरूमा पनि रोजगार सहज बनाउन जारी गर्न लागेको बिहीबारे छुट्टी लागु नहुंदै झुट्टा प्रचार शुरू गरिएको छ । नेपालको एबीसी टेलिभिजनमा प्रसारण (प्रचार) भए बमोजिम अब नेपाली कामदारहरूको बिहीबारे बिदाका कारण थप ३० प्रतिशतले तलब बृद्धी हुनेरे !  समाचार सूत्रको बिश्लेषण यो छ कि अब सबै नेपाली कामदारहरूले हरेक बिहिबार पनि काम गर्छन र त्यसको ओभरटाइम प्राप्त गर्छन र पारिश्रमिकमा ३० प्रतिशतले बृद्धी हुनजानेछ । कथं कदाजित यो बिश्लेषण सही हुनेहो भने सांच्चै खुशीको कुरा हुनेछ र प्रत्येक नेपाली कामदारहरूले न्युनतमा १,३०० साउदी रियाल तलब पाउनेछन । तर यो नेपाली कामदारहरूलाई भुलभुलाउन र साउदीको रोजगारका लागि फ्यांकिएको अर्को प्रलोभन मात्र होधेरै हदसम्म । अर्को शब्दमा यसलाई झुटको खेती पनि भन्न सकिन्छ । किनकि नेपाल सरकारले न्युनतम तलब १ हजार रियाल बनाउने गरी राजपत्रमै प्रकाशित गरिसकेको निर्णय त यहां अक्षरशः पालना हुनसकिरहेको छैन यो ओभरटाइमको कुरामा कसरी बिश्वास गर्ने साप्ताहिक छुट्टी आखिर छुट्टी नै हो । अहिले पनि सबै नेपाली कामदारहरूले शुक्रबारे छुट्टीमा ओभरटाइम पाउंदैनन र कतिले पाएर पनि गर्दैनन । आखिर ओभरटाइम भनेको न त कामदारको अधिकार हो न त यस्तो ड्युटी अनिवार्य र नियमित नै हुन्छ । यथार्थमा बिहीबारे छुट्टीमा ओभरटाइम पाएर तलब बढ्ने सम्भावना जति छबिहीबार काम गर्नु नपर्दाड्युटी अवधि कम हुंदा र कामदारको उत्पादन कम हुंदा तलब उल्टो घट्ने सम्भावना पनि त्यतिकै छ । अहिलेसम्म सबैजनाले पाउने तलब भनेको हप्तामा ६ दिन काम गर्दाको हो र यही नै सबैको करारनामामा उल्लेख हुन्छ । साउदी सरकारले साप्ताहिक छुट्टी तोक्दै छ र आफ्ना नागरिकहरूको न्युनतम तलब पनि तोकेको छ तर बिदेशी कामदारहरूलाई निजी कम्पनीहरूले दिने तलबका बारेमा केही बोलेको छैन ।
साउदीमा बार्षिक मात्र १०० रियाल इकामाको शुल्क हुंदा पनि इकामा चार्ज भनी कामदारहरूबाटै रकम असुल्ने कम्पनीहरू थिएछन । अहिले बढेको इकामा शुल्कको भार (मार) पनि त्यस्ता कामदारहरूको थाप्लोमै पर्दैछ । सबै कम्पनीहरू एउटै स्तरका हुनेभए यहां अहिले रातोपहेंलोहरियो र निलो भनी ४ श्रेणीमा छुट्याई कसैलाई कार्बाही अनि कसैलाई प्रोत्साहन (सुविधा) दिने थिएन होला साउदी सरकारले । यसैले एउटै योग्यताशीप र क्षमता भएका कामदारहरूले पनि कम्पनी अनुसार फरक फरक तलब सुविधाहरू पाउंछन । नेपाली कामदारहरूको तलब सुविधा अन्य मुलुकका कामदारहरूको तुलनामा त्यसै पनि कम नै छ । अतः राम्रा कम्पनीहरूमा मात्र छानी छानी नेपाली म्यानपावर कम्पनीहरूले कामदारहरू ल्याऊन र कसैलाई पनि यथार्थभन्दा फरकझुट्ठा प्रलोभन र सपनाहरू बेचेर झुटको खेती नगरून ।

साभारः www.nrnaksa.org