Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, August 14, 2013

बृहत भेलाका साथ नेपाली जनसम्पर्क समिति, साउदी अरब गठन

राष्ट्रियता, लोकतन्त्र र समाजबादमा आस्था तथा विश्वास राख्ने नेपाली समुदाय द्धारा आयोजित दिवा भोज तथा भेटघाटकार्यक्रममा महामहिम राजदूत श्री उदय राज पाण्डे ज्यू लगायत सम्पूर्ण दुताबास परिवार, विभिन्न संघसस्थामा आवद्ध व्यक्तित्वहरु, समाजबादी चिन्तनका व्यक्तित्वहरुको उल्लेखनिय उपस्थितिमा १० अगष्ट २०१३ का दिन नेपाली काँग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति साउदी अरबको तदर्थ समिति श्री चोला प्रसाद पठक ज्यूको नेतृत्वमा नयाँ कार्य समितिको गठन भएको छ ।

            कार्यक्रमको योजना अनुरुप नै श्री विदुर कोइराला ज्यूले प्रथम चरनको परिचयत्मक कार्यक्रमलाई सञ्चालन गर्दै कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्दै  लोकतन्त्र र समाजबादको बारेमा आफ्नो धारणा राख्नु भएको थियो भने उपस्थित सबैले आआफ्नो ठाँउबाट परिचय सहित आफ्ना भनाईहरु राख्नु भएको थियो । परिचयात्मक कार्यक्रम सकिए लगतै खानपिनको कार्यक्रम सञ्चालन गरिएको थियो ।
राष्ट्रियता, लोकतन्त्र र समाजबाद, कानूनी राज्य र नेपाल विकासमा यूवाको हातभन्ने मुल उद्देश्य लिएर आयोजना गरिएको सो कार्यक्रम तिन चरणमा विभाजन गरिएको थियो । विशाल भौगोलिक क्षेत्रफलभएको साउदी अरब जस्तो कठिन कानूनि ब्यबस्था भएको मुलुकमा यसरी नेपाली समूदायको जमघट गरी संगठन विस्तार गर्नु भनेको एक चुनौतिपूर्ण कार्य नै मानिन्छ ।

            कार्यक्रमको तेस्रो चरण अन्तर्गतको बन्दसत्रमा नेपाली काँग्रेसी साथीहरु विच विस्तृत छलफल गर्दै विभिन्न क्षेत्रबाट उपस्थित जागरुक व्यक्तित्वहरुको चयन गर्दै श्री चोला प्रसाद पाठकको सभापतित्वमा निम्न २३ सदस्यीय केन्द्रिय तदर्थ समिति साउदी अरब गठन गरियो ।
) सभापतिश्री चोला प्रसाद पाठक, ) उपसभापतिदिपक रेग्मी रियाद, (२ जना उपसभापति दम्माम र जेद्धा क्षेत्रबाट चयन गर्दै दोस्रो बैठकले पारित गर्ने) ) माहामन्त्रिश्री नमराज लामिछाने, ) सहमामन्त्रिश्री लाल गिरि (रियाद), (२ जना सहमाहामन्त्रि दम्माम र जेद्धा क्षेत्रबाट चयन गर्दै दोस्रो बैठकले पारित गर्ने) ) कोषाध्यक्षश्री नारायण भट्टराइ, ) सहकोषाध्यक्षनिरज कुमार राय (रियाद), (२ जना सहकोषाध्यक्ष दम्माम र जेद्धा क्षेत्रबाट चयन गर्दै दोस्रो बैठकले पारित गर्ने), ) प्रबक्ताश्री खगेन्द्र खनाल ८, सदस्यहरुमा, श्रीमती सोफिना न्यौपाने, श्री केशब खड्का, श्री दिपक ढुंगाना, श्री पदम पाण्डे, श्री अजिम खान, श्री बाबुराम खनाल, श्री टेक नाथ नेपाल र श्री यादब श्रेष्ठ रहनु भएको छ ।
            विभिन्न सामाजिक कार्य तथा समिति गठन कार्यलाई आजको अवस्था सम्म ल्याइपु-याउन विशेष योगदान दिनु हुने श्री राजु शैयद,  श्री  बिदुर कोइराला र श्री पुरुषोत्तम खनाल ज्यूलाई नेपाली जनसम्पर्क समिति साउदी अरबको संरक्षकमा राख्ने निर्णय गर्दै श्रीमति यशमीन बेगमको प्रमुख सल्लाहकारमा, श्री पुरुषोत्तम श्रेष्ठ , श्री भिम थापा, श्री राम कृष्ण श्रेष्ठ र श्री कमल गुरुङ्ग सम्मेलित ५ सदस्यीय सल्लाहकार समिति समेत नियूक्ति गरेको छ ।
 सर्बसहमतिको समिति निर्माण सँगै हर्सोउलासका साथ आफ्नो जिम्मेवारीलाई गहनताका साथ निर्वाह गर्ने, पार्टीको नीतिनियम र विधानमा रही लोकतन्त्र, समाजबाद र राष्ट्र निमार्णमा अग्रसर भूमिका निर्वाह गर्दै अगाडी बढ्ने, यहाँ अवस्थित नेपाली राजदूतावास सँग सहकार्य गरी साउदी अरबमा रहेका पिडित् कामदारहरुको समस्यालाई नजिकबाट नियाली समस्याको जड्लाई निराकरन गर्न एस जनसम्पर्क समितिले आफ्नु बल बुताले  भ्याए सम्म कुनै कसर बाँकी नराख्ने, यहाँ रहेका विभिन्न संघ सस्थाहरु सँग सहकार्य गर्दै दःख अफ्ट्यारोमा परेका नेपालीहरुको सहयोगको लागि अग्रनी भूमिका खेल्दै आफु र आफ्नो संगठनलाई सदैब मर्यादित बनाई  राख्न निरन्तर अनबरत रुपमा लागिरहने संकल्प गर्दै र उक्त मितिबाट छ महिनाको अबधिभरमा समितिको महाधिवेसन गराउने प्रतिबद्धता जाहेरी गरेको छ । समितिको आगामी बैठकमा क्षेत्रगत तर्फका कार्यसमितका पदाधिकारीहरु र मनोनित तर्फका सदस्याहरुको मनोनित गर्ने गरि निर्णय गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति, साउदी अरब

Friday, May 10, 2013

वैदेशिक रोजगारमा जाने १६ प्रतिशतले बढे


     काठमाडौं ( वैदेशिक रोजगारमा जानेको संख्यामा करिब १६ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा २०६९ सालमा ६२ हजार २ सय बढी नेपाली वैदेशिक रोजगारमा गएका छन्।
     २०६८ सालमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेको संख्या ३ लाख ९८ हजार ३ सय ५८ रहेको थियो। २०६९ मा यो संख्या १५ दशमलव ६१ प्रतिशतले वृद्धि भई ४ लाख ६० हजार ५ सय ५८ पुगेको छ।

     वैदेशिक रोजगारमा जानेमध्ये अघिल्लो वर्षझंै २०६९ मा पनि सबैभन्दा ठूलो संख्या मलेसिया, साउदी अरब, कतार र युनाईटेड अरब इमिरेट्स (युएइ) गरी चार मुलुकमा पुगेका छन्। सानो संख्यामा कामदार कुवेत, बहराइन, ओमन, दक्षिण कोरिया, लेवनान, इजरायल, अफगानिस्तान, जापान लगायतका राष्ट्रमा पुगेको विभागको तथ्यांकले देखाएको छ।

     विभागका अनुसार गत बर्ष सबैभन्दा बढी कामदार असोज महिनामा वैदेशिक रोजगारमा गएका छन्। असोजमा ४७ हजार ६७ कामदार विभिन्न मुलुक पुगेका थिए। वैदेशिक रोजगारमा सबैभन्दा कम कामदार वैशाखमा गएका थिए। कूल २९ हजार एक सय २३ जना कामदार वैशाखमा विदेश गएका थिए।

   तथ्यांकअनुसार २०६९ सालमा मासिक औसत ३८ हजार ३ सय ७९ जना कामदारले वैदेशिक रोजगारका सिलसिलामा देश छोडेका थिए भने प्रति दिन औसतमा विदेशिने कामदारको संख्या १२ सय ६१ रह्यो। जबकि अघिल्लो वर्ष २०६८ मा यो संख्या मासिक औसत ३३ हजार १ सय ९६ र औसत प्रति दिन एक हजार ९१ थियो। बितेका दुई वर्षको तथ्यांकलाई तुलना गर्दा २०६८ मा भन्दा २०६९ सालमा मासिक औसत वैदेशिक रोजगारमा जानेको संख्यामा ५ हजार १ सय ८३ ले वृद्धि भएको छ भने प्रति दिन औसत संख्या एक सय ७० जना बढेका छन्।

    २०६९ सालको पहिलो तीन महिना (वैशाख, जेठ र असार) मा अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारमा जानेको संख्यामा गिरावट आएको थियो। साउनबाट वैदेशिक रोजगारमा जानेको संख्यामा वृद्धि भएको थियो। गत बर्षको पुस महिनामा अघिल्लो वर्षको भन्दा झण्डै दुगुना बढी कामदार वैदेशिक रोजगारमा गएका थिए।

वैदेशिक रोजगारमा जानेको आँकडा

महिना २०६८ साल २०६९ साल

वैशाख २९,२७१     -   २९,१२३

जेठ ४०,४६१       -     ३७,०५०

असार ४४,७१५  -     ३४,५८१

साउन ४५,१६५   -     ४५,४१७

भदौ ३७,८०८     -   ३८,२९७

असोज २६,५८१   -   ४७,०६७

कात्तिक ४७,१७६  -  ३४,९९०

मंसिर १८,७७८    -  ३४,९४७

पुस २१,७५६      -    ४०,८६४

माघ २६,६१६       -   ३७,४८१

फागुन २६,१७२    -   ३९,१०१

चैत ३३,८५९        -  ४१,६४०

जम्मा ३,९८,३५८   -   ४,६०,५५८


(साभार : नागरिक न्युज अनलाईन )

Friday, March 22, 2013

नुवाकोटमा तीन जिल्लाका लागि शीतभण्डार


नुवाकोट, ७ चैत - रसुवा, नुवाकोट र धादिङलाई लक्षित गर्दै जिलिङ–३, देवीघाट, नुजाकोटमा ९ करोड लागतमा कोल्ड स्टोरेज (शीतभण्डार) निर्माण गरिएको छ । ६ हजार मेट्रिक टन आलु भण्डारण गर्ने क्षमता रहेको उक्त स्टोरमा बुकिङ गर्नेहरू आउन थालेको देवीघाट कोल्ड स्टोरेज प्रालिका सञ्चालक माधव गजुरेलले बताए ।

यससँगै रसुवा, नुवाकोट र धादिङका कृषक आलुको बीउका लागि काठमाडौंमा रहेको कोल्ड स्टोरेज लैजानुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । रसुवा र नुवाकोटमा मात्रै वार्षिक २ अर्बबराबरको आलु उत्पादन हुँदै आएको छ ।
कोल्डस्टोरमा १ हजार ६ सय ५९ कोठा रहेको सञ्चालक गजुरेलले जानकारी दिए । “कृषकले महँगो रकम खर्चेर बीउ आलु भण्डारण गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ,” उनले भने ।
काठमाडौंमा आलु भण्डारण गर्दा एकजनाले सय बोराभन्दा कम भण्डारण गर्न नपाउने भएकाले बीचमा दलालीको भर पर्नुपर्ने र कमिसनसमेत तिर्नुपर्ने अवस्था थियो । कोल्ड स्टोरेजमा कृषि विकास बैंकसहित नुवाकोटका दुई र काठमाडौंका पाँचजनाको लगानी छ ।
१० रोपनीमा फैलिएको कोल्डस्टोरेजको भवनले मात्रै तीन रोपनी ओगटेको छ । कोल्डस्टोरेजमा कृषकलाई पहिलो प्राथमिकता दिने र त्यसपछि मात्र व्यापारीको आलु भण्डारण गर्ने जनाइएको छ ।
कृषि विकास कार्यालयका अनुसार नुवाकोटमा मात्र वार्षिक ९७ करोडको आलु उत्पादन हुन्छ । कार्यालय प्रमुख राजाराम अधिकारीका अनुसार कोल्डस्टोरेजले स्थानीयलाई धेरै राहत मिल्नेछ ।
जिल्लाको बेलकोट, रातमाटे, जिलिङ, खानीगाउँ, चौघडा, थानसिङ, मदानपुरलगायतका गाविस आलु उत्पादनका लागि उर्वर मानिन्छन् । नुवाकोटभर २ हजार ३ सय ३७ हेक्टरमा आलुखेती गरिने कार्यालयले जनाएको छ ।
त्यस्तै रसुवामा वार्षिक १ अर्बबराबरको आलु उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय रसुवाका वरिष्ठ कृषि विकास अधिकृत गोपीलाल चालिसेले जानकारी दिए ।


(साभार कारोबार दैनिकी )

Thursday, February 21, 2013

वैदेशिक रोजगारीमा दैनिक पाँच जनाको मृत्यु


वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको शव नेपालमा दैनिक पाँच जनाको दरमा नेपाल आउने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डमा उल्लेख छ। 
वैदेशिक रोजगार विभागका अनुसार दैनिक १ हजार ५ सयभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन्। पछिल्ला चार वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढेको छ। 
वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले विदेशमा मृत्यु भएका कामदारको परिवारका सदस्य पनि आर्थिक सहायताका लागि आउनेको संख्या विगतको भन्दा बढी भएको बताउनुभयो। ‘पछिल्लो समयमा आर्थिक सहायता लिन आउनेको संख्या बढेको छ,’ उहाँले भन्नुभयो। बोर्डले २०६८ साल जेठदेखि आर्थिक सहायत डेढ लाख रुपियाँ बनाएको छ। यसअघि मृतकका परिवारले १ लाख रुपियाँ मात्र पाउने गरेका थिए। 

बोर्डका अनुसार आर्थिक सहायताको शीर्षकमा वार्षिक ९ करोडभन्दा बढी रकम खर्च हुने गरेको छ। चालू आर्थिक वर्षको माघ महिनासम्म ३ सय ७८ जनालाई ५ करोड ८ लाख ६५ हजार रुपियाँ आर्थिक सहायता बाँडिएको छ। बोर्डका अनुसार ३ सय ३३ जनालाई १ लाख ५० हजार, ४ जनालाई १ लाख, ३९ जनालाई १० हजार रकम आर्थिक सहायता उपलब्ध गराइएको छ। त्यस्तै १ एक जनालाई ७५ हजार र अर्को एकलाई ५० हजार रुपियाँ आर्थिक सहायता उपलब्ध गराइएको बोर्डले जानकारी दिएको छ। 

बोर्डका अनुसार आर्थिक वर्ष २०६८ ⁄ ६९ मा ६ सय ४६ जना मृतकका परिवारलाई ७ करोड ७० लाख ३० हजार रुपियाँ रकम वितरण गरिएको थियो। आर्थिक सहायता पाउनेमा गत वर्ष १४ महिला र ६ सय ३२ जना पुरुष रहेका छन्। बोर्डका अनुसार ४ सय ७२ जनालाई डेढ लाख, ४९ जनालाई १ लाख, १ सय २३ जनालाई १० हजार र २ जनालाई ५० हजार रुपियाँ आर्थिक सहायता उपलब्ध गराइएको थियो। 

बोर्डका निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले आर्थिक सहायताका लागि मृतकको परिवार आउने क्रम बढे पनि बोर्डले दैनिक तीन जनालाई आर्थिक सहायता दिने गरेको जानकारी दिनुभयो। विदेश जाँदा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई गएको, करार अवधिभित्र मृत्यु भएको, मृत्यु भएको एक वर्षभित्र हकवालाले बोर्डमा निवेदन पेश भएको व्यक्तिले मात्र आर्थिक सहायता लिन पाउँछ। 

Tuesday, February 19, 2013

बन्दमा पर्यटकका लागि सटल बस सुविधा


काठमाडौँ, फागुन ८  गते । नेपाल पर्यटन बोर्डले आजको बन्दको बेला विदेशी पर्यटकको सुविधाका लागि विमानस्थलबाट होटलसम्म आवतजावत गर्न चारवटा छुट्टाछुट्टै पर्यटकीय सटल बस सञ्चालन गरेको छ ।
सोल्टी मोडबाट जाउलाखेल एभरेस्ट होटल हँुदै विमानस्थल, ठमेलबाट दरबारमार्ग हँुदै विमानस्थल र लाजिम्पाटबाट महाराजगन्ज हुँदै हायात होटलबाट विमानस्थलसम्म गरी तीनवटा बस निरन्तर रुपमा सञ्चालन भइरहेको बोर्डले बताएको छ ।
त्यसैगरी, एउटा बस आवश्यक परेको बेला जहाँकहीँ प्रयोगका लागि तयारी अवस्थामा राखिएको बताइएको छ । राजधानीका तारे होटलहरुले पनि छुट्टै हरियो नम्बर प्लेटका सवारीसाधनहरु पर्यटकलाई ओसारपसार गर्ने कार्यमा प्रयोग गरिरहेका छन् । रासस

Thursday, February 7, 2013

कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

माघ २५ – उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ५४ हजार ७३७ जनाको सहभागिता रहेकोमा ३९ हजार ६७८ जना उत्तीर्ण भएका छन् अर्थात् ७२.४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षाफल परिषद्को बेवसाइट http://www.hseb.edu.np/site/results मा हेर्न सकिन्छ ।

परीक्षामा चारजना परीक्षार्थीको परीक्षाफल स्थगित गरिएको छ भने एक जनाको रद्द गरिएको छ ।


Tuesday, February 5, 2013

कतारबाट नेपालीको माग ठप्प


काठमाडौ, २२ माघ - सरकारले कतार जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५० प्रतिशत बढाएर १२ सय रियाल (२८ हजार २ सय ८४ रुपैयाँ) पु-याएपछि त्यहाँबाट माग आउन ठप्प भएको छ । वैदेशिक रोजगार व्यवसायीले आफूहरूसँग छलफल नगरी सरकारले एकतर्फी पारिश्रमिक निर्धारण गरेको भन्दै कतारबाट माग ल्याउनै छाडेको समाचार आजको कारोबार दैनिकले लेखेको छ  ।

सरकारले एक साताअघि (माघ १५) देखि लागू हुनेगरी कतारमा न्यूनतम पारिश्रमिक बढाएको थियो । यसअघि कतारबाट दैनिक औसत ५ सयका दरले कामदार माग आउने गरेको थियो । “कतारमा पारिश्रमिक बढाइएपछि माग शून्यजस्तै छ,” वैदेशिक रोजगार विभागका निर्देशक दिवश आचार्यले भने ।

एकैपटक पारिश्रमिक बढाउँदा कतारका रोजगारदाताले ठूलो आर्थिक भार बेहोर्नु परेकाले नेपालीलाई  माग दिन नसकेको व्यवसायी बताउँछन् । कतारस्थित नेपाली दूतावासको सिफारिसका आधारमा सरकारले नयाँ पारिश्रमिक तोकेको हो ।

अदक्ष कामदारको आधारभूत पारिश्रमिक ९ सय रियाल र खाना ३ सय गरी १२ सय रियाल (२८ हजार २ सय ८४ रुपैयाँ), अर्धदक्षको १४ सय रियाल (३२ हजार ९ सय रुपैयाँ), दक्षको १८ सय रियाल (४२  हजार ३ सय रुपैयाँ) र उच्चदक्षको ४ हजार ५ सय  रियाल  (१ लाख ७ हजार पाँच सय ५० रुपैयाँ) भएमात्र श्रम स्वीकृति पाउने व्यवस्था छ । यसअघि कामदारको आधारभूत पारिश्रमिक ६ सय र  खानाको २ सय रियाल थियो ।

कतार नेपाली कामदारको मुख्य श्रम गन्तव्य मुलुक हो । त्यहाँ पाँच लाख नेपाली कामदार कार्यरत छन् ।

Monday, February 4, 2013

वार्षिकोत्सवको अवसरमा टेलिकमको छुट

काठमाडौ, माघ २२ गते । टेलिकमले पिएसटिएन सेवाका ग्राहकहरूलाई फागुन १ गतेदेखि आगामी वैशाख ३१ गतेसम्म लागु हुनेगरी न्यूनतम मासिक महसुल २०० रूपिँयामा २२५ लोकल कल गर्न पाउने व्यवस्था गरेको छ । जिएसएम र सीडिएमए सेवाबाट कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा सोमबारदेखि फागुन ३० गतेसम्मको लागि ५० प्रतिशत छुट प्रदान गरेको छ भने जिएसएम र सीडिएमए मोबाइल सेवामा हाल उपलब्ध नाइट कल सेवाको महसुलदर पनि फागुन ३० गतेसम्मको लागि प्रतिकल ३० पैसा कायम गरेको छ । यसैगरी टेलिकमले अष्ट्रेलिया र बेलायतमा एक्सेस कोड १४२४ मार्फत हुने अन्तराष्ट्रिय कल सेवाको महसुलदरमा पनि परिमार्जन गरेको छ । हाल करबाहेक प्रतिमिनेट १२ रूपिँया रहेकोमा सोमबारदेखि फागुन ३० गतेसम्मका लागि अष्ट्रेलियाको लागि करबाहेक ७ रूपिँया ७५ पैसा र बेलायतको लागि ४ रूपिँया कायम गरेको छ । वाइम्याक्स प्रविधिबाट व्यवसायिक संघरसंस्थाहरूलाई प्रदान गरिंदै आएको डाटा प्याकेजमा फागुन ३० गतेसम्म १० जिबी बोनस उपलब्ध गराएको छ ।

Friday, February 1, 2013

वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हुने क्रम बढ्दै- ६ महिनामा साढे ३ सयको मृत्यु


      काठमाडौं१९ माघ । वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हुने क्रम बढ्दै गएको छ । रोजगारीमा जानुपूर्व अभिमुखीकरणलगायतका ज्ञान हासिल गरे पनि विदेशमा मर्नेको संख्या बढ्दै गएको हो ।
        वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चालु आवको ६ महिनामा ३ सय २४ जनाको शव नेपाल आएको छ । रोजगारीका क्रममा उनीहरूको विभिन्न कारणले मृत्यु भएको हो । बोर्डका अनुसार यो संख्या विगत ३ वर्षयताकै सबैभन्दा बढी हो । बोर्डका निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माका अनुसार मर्नेको संख्या बर्सेनि बढ्दै गएको छ । सवारी दुर्घटनाह्दयघातर आत्महत्याका कारण विदेशमा बढी नेपाली कामदार मर्ने गरेका छन् । चालु आवको ६ महिना अवधिमा सबैभन्दा बढी मलेसियामा नेपाली कामदारको मृत्यु भएको छ । त्यहाँ यो अवधिमा एक सय १३ जनाको मृत्यु भएको छ । यस्तैसाउदीमा ८५कतारमा ७३ र युएईमा २२ को मृत्यु भएको छ । यसरी मर्नेमा सुतेको अवस्थामा ६४ह्दयघातबाट १२प्राकृतिक रूपमा ४७सडक दुर्घटनामा ५१कार्यस्थलमा ६ र भवितव्य ३५ जना छन् । 

Thursday, January 31, 2013

मलेसियामा बढेको तलब थाप्न नपाउँदै फेरी लेभी को भार


हरेक वर्ष प्रत्येक नेपालीले आधालाख भन्दा बढी उतै बुझाउनु पर्ने 

       माघ १९, मलेसियाली सरकारले आप्रवासी कामदार स्वयंले लेभी बुझाउनु पर्ने निर्णय गरेपछि त्यहाँ कर्यारत नेपाली कामदारमा जनावरी १ देखि न्यूनतम ९ सय रिंगेट मासिक तलब पुग्यो भनेर आएको खुसी एक्कै चोटी खोसिएको छ । मलेसियाको सरकारले बुधबार गरेको यस्तो नयाँ निर्णयले प्रतेक नेपालीले खाइपाइ आएको आफ्नो आम्दानीबाट बार्षिक आधा लाख भन्दा बढी रुपैयाँ उतै बुझाउनु पर्ने देखिन्छ ।
       गएको जनावरी महिना देखि न्यूनतम तलब ९ सय रिंगेट बनाएपछि विदेशी कामदारहरु बढी लाभान्वित भएको भन्दै यहाँका रोजगारदाताहरु असन्तुष्ट बन्दै सरकारलाई दबाब दिदैं आएका थिए । सस्तो तलबमा विदेशी कामदार भित्राउने प्रवृतिले स्वदेशमा वेरोजगारीको वृद्धिभएको भन्दै यहाँको सरकारले सन् २००९ मा लेभी सम्बन्धी गरिएको व्यवस्था संसोधन गर्दै लेभीको बोझ रोजगारदातालाई नै बोकाउने नीति लिएको थियो ।

       सरकारले जारी गरेको विज्ञत्तिमा सन् १९९२ को लेभिसम्बन्धी कानून पुनः लागू गरिको जानकारी दिएको छ । तसर्थ अब यहाँ आउने हरेक विदेशी कामदारले मासिक लेभी आफ्नै तलबबाट तिर्नुपर्ने छ । कुनै पनि कामदारको तलब न्यूनतम ५ सय रिंगेटसम्म बढेको अवस्थामा मासिक ३४ देखि १ सय ५४ रिंगेट लेभी तिर्दा कामदारहरुलाई कुनै बोझ नहुने सरकारले दावी गरेको छ । धेरैजसो कम्पनीमा ओभरटाइम अनिवार्य गरिएकोले त्यसबाट पनि कामदारले बेसिक तलब बाहेक तिन, चार सय कमाउने भएको हुँदा कामदारलाई लेभि तिर्न अफ्ठायारो नपर्ने भनिएको छ ।

       वैदेशिक रोजगार अन्तर्गत मलेसियामा रहेका मध्ये नेपाली बढी छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०६८ र ६९ सम्म २४ लाख ६५ हजार ६ सय ९९ नेपाली वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन्। यीमध्ये सबैभन्दा बढी ७ लाख ७३ हजार ९ सय ४० जना मलेसिया गएका छन्। पुसमा मात्रै सबैभन्दा बढी कामदार मलेसिया गएका छन् । विभागका अनुसार पुसमा १४ हजार सात सय ५९ जना रोजगारीका लागि मलेसिया गएका थिए ।


Friday, January 25, 2013

वैदेशिक रोजगारीका लागि बिदेसिनेको संख्या अहिलेसम्मकै उच्च - पुसमा मात्रै ४१ हजारको हाराहारीमा बिदेसिए


        काठमाडौं, ११ माघ- वैदेशिक रोजगारीका लागि बिदेसिनेको संख्या पुसमा करिब ८८ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष ०६८-६९ को पुस महिनाको तुलनामा चालु आवको पुसमा रोजगारीका लागि बिदेसिनेको संख्या ८७ दशमलव ८३ प्रतिशतले बढेको छ । प्रत्येक मिनट अन्तरमा एक नेपाली काम खोज्दै बिदेसिएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा यो अहिलेसम्मकै उच्च तथ्यांक हो । वैदेशिक रोजगार विभागका अनुसार पुसमा दैनिक १४ सय १० युवा मलेसिया, लगायतखाडी मुलुक पुगेका छन् ।

                विभागका अनुसार चालु आवको पुसमा ४० हजार आठ सय ६४ जना रोजगारीका लागि बिदेसिएका छन् । जसमा ३८ हजार पाँच सय ७० पुरुष र दुई हजार दुई सय ९४ महिला रहेको विभागले जनाएको छ । गत आवको सोही महिना २१ हजार सात सय ५६ जना रोजगारीका लागि गएका थिए । यो संख्यासहित चालु आवमा रोजगारीका लागि बिदेसिनेको संख्या दुई लाख दुई सय पाँचजना पुगेको छ । विभागका अनुसार चालु आवको पुसमा संस्थागत रूपमा ३५ हजार तीन सय ३७ जना रोजगारीमा गएका छन् । यस्तै, वैधानिकीकरण भएर पुसमा रोजगारीमा जानेको संख्या चार हजार दुई सय ५१ जना छ । पुसमा व्यक्तिगत रूपमा एक हजार दुई सय ७६ जना रोजगारीमा गएका छन् ।

                विभागका अनुसार व्यक्तिगत रूपमा रोजगारीमा जानेको संख्या पुसमा ७७ प्रतिशतले घटेको छ । गत आवको पुसमा व्यक्तिगत रूपमा बिदेसिने पाँच हजार पाँच सय ८३ जना रहेकामा चालु आवमा यो संख्या एक हजार दुई सय ७६ जना छ । सरकारले व्यक्तिगत श्रमस्वीकृतिमा कडाइ गरेपछि सो संख्या घटेको हो । व्यक्तिगत रूपमा विदेश जाँदा कामदार बढी जोखिममा पर्ने भन्दै सरकारले कडाइ गरेको हो । पुसमा सबैभन्दा बढी कामदार मलेसिया गएका छन् । विभागका अनुसार पुसमा १४ हजार सात सय ५९ जना रोजगारीका लागि मलेसिया गएका हुन् । यस्तै, साउदीमा आठ हजार तीन सय १४, कतार ६ हजार सात सय २४ र युएई जानेको संख्या तीन हजार नौ सय ६८ जना छन् । योसँगै चालु आवको पुस मसान्तसम्म मलेसियामा रोजगारीका लागि जानेको संख्या ७७ हजार नौ सय ९२, साउदी ४० हजार चार सय ४४, कतार ३३ हजार एक सय ४० र युएईमा २३ हजार ६ सय ५६ जना पुगेको छ ।
       
        वैदेशिक रोजगारीका लागि बिदेसिनेमध्ये ९५ प्रतिशत कामदारको मुख्य गन्तव्य मलेसिया र खाडी मुलुक रहेको विभागले जनाएको छ । एक सय ८ मुलुकमा रोजगारीमा जान पाउने व्यवस्था भए पनि कुल बिदेसिनेमध्ये ९५ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरब, युएई र कुवेतमा रोजगारीका लागि जाने गरेका छन् ।


पहिलोपटक बिदेसिनेको               संख्या

साउन                            ३२६८५
भदौ                             २८०८७
असोज                           ३८००५
कात्तिक                           २५६१७
मंसिर                            ३४९४७
पुस                              ४०८६४

Thursday, January 24, 2013

कर्णेल कुमार लामा अझै पाच महिना हिरासतमै रहने

११ माघ-  एक महिनाअघि बेलायत प्रहरीले पक्राउ गरि मुद्दा चलाएका नेपाली सेनाका महासेनानी कर्णेल कुमार अझै पाँच महिना हिरासतमा रहने भएका छन् । नेपाल सरकारले धरौटीमा छुटाउन गरेको प्रयासलाई लण्डन अदालतले अस्विकार गर्दै हिरासतमा राख्ने आदेश दिएको छ । राष्ट्र संघको शान्ति मिसनमा खटिएका लामा आफ्नो परिवारलाई भेट्न बेलायत गएका बेला युद्ध अपराधको अभियोग लगाउदै त्यहाका प्रहरीले पक्राउ गरको थियो । नेपाल सरकारले उनलाई रिहा गर्न माग गरे पनि बेलायतले अस्विकार गरेपछि लामाको रिहाईको लागि कानूनी पहल गर्ने भएको छ भने लामा आगामी जेठ अन्तिमसम्म बेलायतमै थुनिने भएको छन् । 

Friday, January 18, 2013

साउदीमा बिहीबारे छुट्टी, ओभरटाइमको हल्ला, प्रचार र यथार्थ



१७ जनवरी २०१३

धरम के.सी.
साउदी अरब

   साउदी सरकारले आफ्ना नागरिकहरूलाई प्राइभेट कम्पनीहरूमा पनि रोजगार सहज बनाउन जारी गर्न लागेको बिहीबारे छुट्टी लागु नहुंदै झुट्टा प्रचार शुरू गरिएको छ । नेपालको एबीसी टेलिभिजनमा प्रसारण (प्रचार) भए बमोजिम अब नेपाली कामदारहरूको बिहीबारे बिदाका कारण थप ३० प्रतिशतले तलब बृद्धी हुनेरे !  समाचार सूत्रको बिश्लेषण यो छ कि अब सबै नेपाली कामदारहरूले हरेक बिहिबार पनि काम गर्छन र त्यसको ओभरटाइम प्राप्त गर्छन र पारिश्रमिकमा ३० प्रतिशतले बृद्धी हुनजानेछ । कथं कदाजित यो बिश्लेषण सही हुनेहो भने सांच्चै खुशीको कुरा हुनेछ र प्रत्येक नेपाली कामदारहरूले न्युनतमा १,३०० साउदी रियाल तलब पाउनेछन । तर यो नेपाली कामदारहरूलाई भुलभुलाउन र साउदीको रोजगारका लागि फ्यांकिएको अर्को प्रलोभन मात्र होधेरै हदसम्म । अर्को शब्दमा यसलाई झुटको खेती पनि भन्न सकिन्छ । किनकि नेपाल सरकारले न्युनतम तलब १ हजार रियाल बनाउने गरी राजपत्रमै प्रकाशित गरिसकेको निर्णय त यहां अक्षरशः पालना हुनसकिरहेको छैन यो ओभरटाइमको कुरामा कसरी बिश्वास गर्ने साप्ताहिक छुट्टी आखिर छुट्टी नै हो । अहिले पनि सबै नेपाली कामदारहरूले शुक्रबारे छुट्टीमा ओभरटाइम पाउंदैनन र कतिले पाएर पनि गर्दैनन । आखिर ओभरटाइम भनेको न त कामदारको अधिकार हो न त यस्तो ड्युटी अनिवार्य र नियमित नै हुन्छ । यथार्थमा बिहीबारे छुट्टीमा ओभरटाइम पाएर तलब बढ्ने सम्भावना जति छबिहीबार काम गर्नु नपर्दाड्युटी अवधि कम हुंदा र कामदारको उत्पादन कम हुंदा तलब उल्टो घट्ने सम्भावना पनि त्यतिकै छ । अहिलेसम्म सबैजनाले पाउने तलब भनेको हप्तामा ६ दिन काम गर्दाको हो र यही नै सबैको करारनामामा उल्लेख हुन्छ । साउदी सरकारले साप्ताहिक छुट्टी तोक्दै छ र आफ्ना नागरिकहरूको न्युनतम तलब पनि तोकेको छ तर बिदेशी कामदारहरूलाई निजी कम्पनीहरूले दिने तलबका बारेमा केही बोलेको छैन ।
साउदीमा बार्षिक मात्र १०० रियाल इकामाको शुल्क हुंदा पनि इकामा चार्ज भनी कामदारहरूबाटै रकम असुल्ने कम्पनीहरू थिएछन । अहिले बढेको इकामा शुल्कको भार (मार) पनि त्यस्ता कामदारहरूको थाप्लोमै पर्दैछ । सबै कम्पनीहरू एउटै स्तरका हुनेभए यहां अहिले रातोपहेंलोहरियो र निलो भनी ४ श्रेणीमा छुट्याई कसैलाई कार्बाही अनि कसैलाई प्रोत्साहन (सुविधा) दिने थिएन होला साउदी सरकारले । यसैले एउटै योग्यताशीप र क्षमता भएका कामदारहरूले पनि कम्पनी अनुसार फरक फरक तलब सुविधाहरू पाउंछन । नेपाली कामदारहरूको तलब सुविधा अन्य मुलुकका कामदारहरूको तुलनामा त्यसै पनि कम नै छ । अतः राम्रा कम्पनीहरूमा मात्र छानी छानी नेपाली म्यानपावर कम्पनीहरूले कामदारहरू ल्याऊन र कसैलाई पनि यथार्थभन्दा फरकझुट्ठा प्रलोभन र सपनाहरू बेचेर झुटको खेती नगरून ।

साभारः www.nrnaksa.org

Wednesday, January 16, 2013

२० बर्षमा नेपाल बुढाबुढीको देशमा गणना

माघ, काठमाण्डौं विश्व बैंकको तथ्यांकअनुसार नेपालबाट प्रतिवर्ष रोजगारका लागि करिब पाँच लाख ५४ हजार चारसय युवा विदेश जाने गरेका छन् यो क्रम नरोकिने हो भने मुलुकको अवको २० बर्षपछि बुढाबुढीको देशमा गणना हुने अर्थशास्त्रका जानकारहरु बताउँछन्
मुलुकमा प्रतिवर्ष चार लाखजना श्रमबजारमा आउँछन् तर, रोजगारका लागि विश्वका एकसय आठ देशमा लगातार उक्तसोही संख्याको हाराहारीमा विदेशिने क्रम जारी रहेको यो क्रम नरोकिए मुलुक बुढाबुढीको देशको रुपमा गणना नहोला भन्न सकिन्न राष्ट्रिय जनगणना, २०६८ ले मुलुकमा कुल जनसंख्याको ४३ दशमलब ६९ प्रतिशत अर्थात एक करोड लाख १२ हजार युवाको संख्या रहेको देखाएको
भारतमा रोजगारका लागि बाषिर्क कति नेपाली जान्छन् भन्ने तथ्यांक यकिन नभए पनि समग्रमा प्रतिवर्ष रोजगारका लागि सातदेखि आठ लाखको हाराहारीमा युवा बाहिरिएको अनुमान
अर्थविद् चन्द्रमणि अधिकारीले माक्सबाद, लेलिनवाद, जनवाद तथा बीपीवाद्भन्दा स्वदेशको बेरोजगारवाद कार्यसूचीमा नराख्ने हो भने अव २० बर्षमा नेपाल बुढाबुढीको देशमा गणना नहोला भन्न नसकिने बताए रासस


(एजेन्सीको सहयोगमा अनलाईनबाट टिपन टापन)

Sunday, January 6, 2013

“आच्छु आच्छु चिसो” राजधानीको तापक्रम ०.७ डिग्री सेल्सियस

देशभर पनि वर्षकै धेरै चिसो


परदेशबाट ब्लगङ्गी गर्दा हतै कठाङरीने
सिधा लेख्न खोच्छु अक्षर झनै बटारीने ...

          पुस २२, राजधानीबासीको लागि यी माथिका दुई हरफ जस्तै भएको छ आज । अघिल्लो दिनको तुलानामा त्यति धेरै जाडो महसुस नगेरका भएता पनि जाडो हवात्तै बढेको छ । यहाँ बिहानको तापक्रम ०.७ डिग्री सेल्सियस  मापन गरिएको थियो । यो नै यसवर्षको सबै भन्दा कम तापक्रम रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । राजधानीमा मात्र हैन देशका अधिकांश भुभागमा धेरै वर्षपछि वर्षकै सबै भन्दा चिसो महसुस गरिएको छ । यो क्रम अझै केहि दिन कायम रहने बताइएको छ । 
          काठमाडौं उपत्यकामा अहिले सम्मकै सबै भन्दा चिसो भने सन् १९७८ को जनवरीमा भएको मौसम पुर्वानुमान महाशाखाले बताएको छ । जुन बेला तापक्रम माइनस ३ दशमलब ५ डिग्रीमा झरेको थियो र त्यो नै अहिले सम्म नतोडिएको रेकर्ड हो ।