Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Tuesday, February 12, 2013

प्रणय दिवसको उपलक्ष्यमा मायाका दुईकुरा


झरो रवी जव धर्तिमा पारी सबतिर झलमल्ल
कालो रात हटी गायो यहाँ खुसील्याई उमंग ।
टरो कष्ठ दिन वर्ष भरीको, खुले मन सबका
बर्षे शब्दवाण एकअर्कामा धकफुकाइ मायाका ।

न थियो भन्नु, माया गर्छु भनि आँखाहरु बोल्दथ्ये
धड्किन्थ्यो मुटु त्यसै आपसमा दिलका कुरा खोल्दथ्ये ।
किन रोकिन्थ्यो साउने भेल त्यो बग्यो बाँध फुटाई
मिले मुटु दुई आफसमा खोली छाति हात फिंजाई ।

चुम्दै अंङ्गअङ्ग बन्दै दंगदगं भए दुबै फुरुङ्ग
झट्का झट्कियो झटझट यहाँ बनी तरङ्ग ।
भुले यो दुनिया र चलि गए छुट्टै त्यो संसारमा
भो अनुभूति अनान्द र स्वर्गादिको फर्के अनि यहाँ ।

खाइ बाचा कसम आपसमा बिदाहुनु थियो आज
घाम पनि पुग्यो क्षितिजपारी ल्याई अध्यारो सांझ ।
दियौ धन्यवाद एकैसाथ तिमी फेब्रुअरी चौधलाई
मुट ति छुटाई, प्रितिको डोलि सजाई विदालिइ आजलाई ।

नमराज लामिछाने 

Thursday, January 3, 2013

कबिता

जस्तो कर्म त्यस्तै यात्रा

जिन्दगी एउटा गाडी हो 
हाइवेमा गुडी रहन्छ 
कहिले छिटो कहिले ढिलो
जीवन हाम्रो चलिरहन्छ । 

ओराली र उकाली त
घुम्ति अनि नदी खोला
एकनासे कुदाई रहेछ 
मानिसको जीवनचोला ।

ड्राइभर हाम्रो कर्म हो
जस्तो कर्म त्यस्तै यात्रा
कहिले सुख कहिले दःख
बाँचुनजेल को मात्र जात्रा

सह यात्री धेरै हुन्छन 
स्टेसनमा हुने एक्लै 
गाडी जस्तै हाम्रो जीवन
रुप रङ्गं भिन्न भिन्नै । 

कसैको यात्रा पुरा त 
कसैको यात्रा अधुरो 
कसैको जीवन उज्यालो त 
कसैको जीवन मधुरो । 

आत्मा सँग कर्म जान्छ
शरीर बग्छ बनि पानी
फेरी पनि गल्ती गर्छौ 
सबैकुरा जानी जानी 


जिन्दगी एउटा गाडी हो 
हाइवेमा गुडी रहन्छ 
कहिले छिटो कहिले ढिलो
जीवन हाम्रो चलिरहन्छ ।


नमराज लामिछाने 

Monday, December 10, 2012

काली आमा र महलको पेटी - कविता


खुला आकाश मुनी
विशाल महलको पेटिमा
खालि पेट लिएर
रित्तिएका आंखाहरु टोहलाउदै
च्यातिएको कालो बस्रले छोपीएकी
कालिआमाहरु
आफ्नो जिन्दगीको भिक्षा मागीरहेका छन् ।
***

भोक र पिडाले भारिएको
रित्तो भिताहरुलाई बिर्सिएर
ममताको सिन्दरलाइ लत्याएर
अनि दुधें कोपिलालाई काखि च्यापदै
बिरक्तिएको जिन्दगीलाई बटुल्दै
कालिआमाहरु
आफ्नो आत्मपालन को भिक्ष्ाँ मागीरहेका छन् ।
***

सात समुन्द्र पार देखि
नाङगो खुट्टा र सिङगो बस्रमा
ठन्डी, सिरेटो र प्रचण्ड घामको रापमा
खालि पेटहरुमा पटुकाले कसेर
तडपिएको शरिर बोकेर
कालिआमाहरु
आफ्नो प्राण को भिक्षा मागीरहेका छन् ।
***

दुष्टहरुको गिद्दे नजरलाई पन्छाउदै
अनि आफ्नो अस्मितालाई जोगउदै
मृत्यु र जीवनको दोसांधे
जिन्दगीलाई खुला मैदानमा कोल्टाएर
कालिआमाहरु
विवशताले महलको पेटीमा भिक्ष्ाँ मागीरहेका छन् ।


– समाप्त


नमराज लामिछाने
नुवाकोट, नेपाल




Friday, December 7, 2012

फेसबुकले भित्राएको प्रेम !!!



उनको र मेरो भेट नभएको दश बसन्त भै सकेको थियो । सायद हामीले एक अर्कालाई भुलीसकेको हुनु पर्दछ । किनकी एक दशको अन्तरालमा न एक चिठ्ठी न एक इमेल न एक कल फोन नै भएको थियो । पहिलो चोटि हाम्रो भेट कलेजको क्यान्टिङ्गमा कफि गफ सँगै जोडिएको थियो । साथी साथी कै हुलमा औंसीमा चम्किएको ध्रुव तार झै थिइन उनी । टाढा क्षितिजमा चम्किएकी । सामान्य परिचय भन्दा अगाडी थिएन हाम्रो सम्बन्ध । दुबै अल्लारे थियौं तर भविष्यको चिन्ता थियो । पहिलो हाम्रो प्रथामिकता भनेको पढाइ थियो । उनी म भन्दा एक क्लास जुनिएर भएकोले खासै भेट भएन त्यसपछि । आ-आफ्नो क्यारीयरको सिलसिलामा म कहीले कता कहीले खहरेको भेलले गुल्टाएको ढुङ्गा झै गुल्टिदै बगरको किनारामा डुल्दै थिए ।

      एक दिन अनायस मेरो फेशबुकको फ्रेन्ड रिकोइष्टमा रातो नोटिफिकेसनको घन्टी पिलपिलाई रहेको रहेछ । म पनि कम्ति चलाख हैन नयाँ प्रविधि सँग सधैं अपडेट हुने मेरो रहर । मिल्किएको ढुङ्गा भएपनि समुन्द्रमा गाडीएर बस्ने सपना थियो । स्थिर जीवन विताउन चाहान्थ्ये । जमेर स्थाई रुपमा बस्न चाहान्थ्ये । जीवन एक्लो थियो तर पनि रमाइलो । सबै सँग विछोडीएको थियो,  तर पनि समाज सँग जोडिएका । दुःखै दुःखमा पि_िल्सएको थियो, तर अरुको सुख र खुशी देखेर रमाइरहेको । असुन्तुष्टिका धेरै पोकाहरु थिए तर सन्तुष्टिले बाँचीरहेको । यस्तै थियो मेरो जीवन हाइवेमा गुडीरहेको गाडी जस्तै एकोतारो रफतार आफ्नै ट्य्राक आफ्नै गन्तव्य ।

      मैले माउसको चुच्चाले किल्क गरे । अपरिचित नाम र फोटोले मलाई पर्खिरहेको थियो । मैले प्रोफाइल खोलेर हेरें । फोटोलाई जुम गरे । तर पनि ठम्याउन सकिन । दोधारे मनमा खुल्दुली मच्चिन थालो । आक्सेप्ट गरु की रिजेक्ट । रिजेक्ट गर्न मनले मानेन मानोस पनि कसरी अपरिचित भएपनि सुन्दर बत्तिसै लक्षण ले भरिपूर्ण जस्तो देखिने फोटो थियो उनको । भनिन्छ भाग्येले जीवनमा एक पटकमात्र ढोका ढकढकाउछ रे यसलाई चिन्न सकेर ढोका खोली जीवनको घरभित्र छिराउन सके जीवनमा कायलपलट नै हुन्छ भन्छन  । के था त्यो अपरिचित मेरो भाग्य पो होकी मैले आक्सेप्ट गरे र एउटा सानु म्यासेजको टुक्रा लेखें ।
      "हाई नमस्ते सरी मैले हजुरलाई चिन्न सकिन,  हुन त परिचय विना कस्ले कस्लाई पो पहिला चिन्छ र अन्यता मान्नु हुन्न भने....................."

      दिन बिताउन आतुर थियो मलाई । एकातिर अफिसको काम अर्को तिर मन भित्रको खुल्दुली । सयद त्यो दिन मात्र मैले एकसय पच्चिस पटक लगइन र लगआउट भएहोला फेसबुकबाट । इरिटेशन भईसकेको थियो मलाई । अफिसमा कसैले कुनै काम अर्जेन्ट भन्यो भने टाउको दुःखथ्यो ।

      भोलि पल्ट विहान आतुर भयो मलाई कम्प्यूटर खोल्न म सिधैं फेसबुकमा गए । उनले पनि मलाई म्यासेज छोडेकी रहिछन् ।
      "हाई नमस्ते टु,  म......तपाईको साथी चिन्नु भएन?  उनले हाम्रो भेटको अविस्मरणीयक्षणको वर्णन गरेर म्यासेज लेखेको रहीछन् साथमा अनलाइ हुने समय पनि बताएकोले मलाई धेरै सजिलो भो । म समय तालिका बमोजिम नै अनलाइ बसें ।
      उनले "हाइ ! भनिन्
प्रत्युत्तरमा "हेलो! के छ? नमस्ते फर्काए ।
      "नमस्ते चिन्नु भएन मलाई कस्तो नचिनेको म त अच्चम् पो परे"
"अहँ चिनिन नी त लामै समय भएकोले होला याद न भएको" 
      "ए हो,"
      "त्यस्तै भन्नु पर्यो"
      "के गर्दै हो अजकाल अनि कहाँ हो नी"
प्रत्यूत्तरको बदलामा "तिमी कहाँ हो के गर्दै छौ"
      "केही छैन यतै हो जीवन काटिरहेको छु"
      यस्तै यस्तै हाम्रो च्याटिङ्ग चल्दै गयो । उनको जीवन खुशी आशा निराशा र वेदनाको मिश्रणले भरिएको रहेछ । म सँग छोटो समयमा धेरै खुलेकिले मलाई पनि सजिलो भो उनको जीवनमा आशाका किरणको दियो जलाईदिने, स्पेस पाँए मैले त्यसै अनुरुप नै हाम्रो दैनिक च्याटिङ्ग हुन थाल्यो । दिनहरु रमाइला बन्दै गए फोटो शेयर गर्यौं एक अर्काको मानौ हाम्रो फोटो सेक्सन नै सुरुभयो । कमेन्ट लेखेयौं एक अर्कालाई कसम हरु बाँकी रहेनन् संगै जीउने मर्नेका । शब्दहरु बाँकी रहेनन् माया प्रीतीका सबै हामीले एक अर्कालाई वर्णन गर्दैमा ओइरायौं । उनका हरेक कुरालाई वर्णन गरेको मनपराउथीन उनी म वर्णनहरु गरिदिदै जान्थ्ये । एक मुटु दुई शरीरमात्र थियो हाम्रो अरु सबै एउटै जस्तो थियो  फेसबुक सम्बन्ध । हामी दश वर्ष अगाडी फर्किएका थियौं । धेरै कुराहरु शेयार भए साथमा भित्रि कुराहरु पनि.................

      उनी अरु अरु साथीहरुको पनि वर्णन गर्थिन म सुन्न चाहान्नथ्ये तर विवशता थियो सुन्नु नत्र उनी रिसाइ दिन्थीन । म सम्झाउन खोज्थे उनी घुर्कि लाउन खप्पिस थिइन कति दिन त बोलचालै हुन छोडे परालको आगो जस्तै, छिन मा दन्कने र छिनमा निभ्ने । मायाको भण्डारै सकिएछ जस्तो अनुभूति हुँदै गयो कमेन्टहरु आउन छोडे शब्द नै शब्द कोषबाट सकिए जस्तो । सम्बन्धमा केहि स्पेश खालि भो तर पूर्णविराम लागेकोत थिएन । खुल्दुलीहरु बढ्दै गए । इष्र्याहरु जाग्नथाले । लुकी छिपी लुकी छिपी प्रोफाइल र वालमा पोष्ट भएका म्यासेज हेर्न पल्कियौं । अरुले गरेका कमेन्टहरुमा डाहाँ हुन लाग्यो । च्याटको दुरी क्षितिज पारि पुग्न लाग्यो । औसीका दिनहरु सुरु भए सुनसान रात झै छन् दिनहरु  जीवन उराडलाग्दो बन्दै गयो । काम गर्ने जाँगरहरु मर्दै गए । म चित्त बुझाउने शब्दहरु खोज्दै गए जीवनका । जीवन पृथ्वी जस्तै रहेछ कहिले रात कहिले दिन, जस्तै घाम र छाँया आरोह अबरोह सुख दःखको संगम ।

      धेरै दिन पछि आज फेरी नेटमा बस्न मन लाग्यो । मनले मानेन उनको प्रोफाइल नचारी बस्ने । वालका पोष्टहरु हेर्दै गए राम्रा राम्रा तस्विरहरु पोष्ट गरिएको रहेछ । फोटाहरु पूर्णिमाको जून जस्ता थिए उज्याला प्रष्ट र सफा । झन झन राम्री झन राम्री लाग्यो मलाई उनी । उमेर २९ की भए पनि १९ की जस्ती फोटाहरु हेर्दै गए । मायाका सन्तुष्टी मेट्दै गए ।  

      लाइक गर्ने हरु धेरै थिए उनका फोटोहरुमा नगरुन पनि कसरी उनी अप्सरा जस्ती थिइन  कमेन्टहरु पढेर साध्यै थिएन । हामी केटाले पोष्ट गरेको राम्रा र सन्देशमुलक कुरामा पो लाईक र कमेन्ट गर्नेहरु २, ४ जना मात्र हुन्छन् । तर केटी त्यसमा पनि उनी जस्ती मनकी रानीले लेखेको कुनै पनि कुरा "छ्या आज कस्तो अल्छी लाग्यो" किन नहोस हजारौ हुन्छन् प्रशांसकहरु ।
      "हाइ सुइटी, मिस यू सो मच"
      "थ्याङ्क यू सो मच,  मि टु," प्रतिउत्तर थियो उनको कसैलाई । आखाँहरु रोक्किए मेरा  मन ढुकढुकीन थाल्यो । स्वासहरु रोकिए झै भए शरीर कम्पन हुन थाल्यो । मानौ भूकम्प आए झै भयो । आँखाहरु अगाडी बढेनन् । ज्वरभाटहरु मडारीन थाले । कम्प्यूटर सटडाउन गर्ने होस आएन पावर नै अफ गरिदिए ।
      दुइचार दिनको विश्राम र टेन्सनलाई रिमुभ गर्दै आज लाईफ लाई रिकोभर गर्दै फेरी फेसबुक खोले नोटिफिकेशनमा राता नं. हरु धेरै रहेछन् । फ्रेन्ड रिकोइष्टमा पनि धेरै थिए । हेर्न त कुनै पनि मन थिएन तर पनि मन नमानी नमानी वालमा पोष्ट भएका सबै पोष्टहरु हेरिसकेर विस्तारै म्यासेज बक्समा गए । उनीको नै धेरै म्यासेजहरु रहेछ । सबै छोटा र अर्थ हीन थिए । एउट म्यासेस लामो थियो । विस्तारै पढ्दै गए ।
      "आएम सरी डियर मैले हजुरको मन दुःखाएकोमा । हजुरमात्र हैन मन दुखाउनेहरु धेरै छन् मेरा लागि । फेसबुक एउटा मनोराजन थियो मेरो लागि म रमाइलो गर्दै गए हजुर रम्दै जानु भो । वस्तबमा मेरो त्यो टाइपास थियो र प्रेमको अनुभव म धेरै सँग धेरै तरिकाको प्रेम सिक्न चाहाँन्थ्ये । यो नै एकाइसौ शताब्दीको उपलब्धी हो र नयाँ नयाँ टेक्नोलोजीको सफलता भन्छु म । मैले तपाई जस्तै अरुसँग पनि धेरै सिकेर आज एउटा सँग प्रयोगात्मक जीवन विताउन जाँदै छु । अन्यथा नमानी कृपया ट्याग गरिएको कार्डमा लेखे बमोजिम मिति र स्थानमा उपस्थित भईदिनु हुनु अनुरोध गर्दछु । बाँकी विवरण कार्डमा..........उही हिजोको तपाईकी..........F/B"!!!!!
(To be continue in next chapter )
By: Namaraj Lamichhane