Saturday, January 5, 2013

साउदीको यान्बुमा ६८ नेपालीहरूले तलबै पाएनन !

साउदी अरबको यान्बुमा ६८ जना नेपाली कामदारहरू आएको ४ महिना भैसक्दा पनि तलबै पाउन सकेका छैनन । उनीहरूको करारनामा बमोजिम सबै कामदारहरूलार्इ न्युनतम १ हजार साउदी रियाल तलब त उल्लेख छ,अरू सुविधाहरू पनि ऐन नियम बमोजिम नै छन,उनीहरूलार्इ रोजगार दाता कम्पनीले इकामा पनि दिलाइसकेको छ तर ४ महिना बितिसक्दा पनि न त काममा नै लगाउन सकेको छ न त तलब नै दिनसकेको छ । यस्तो अवस्थामा निश्चित रूपमा यी कामदारहरूको र यी कामदारहरूमा आश्रित परिवारजनहरूमा ठूलो समस्या र चिन्ता छाएको छ ।

पीडित कामादारहरूमध्येकै कास्कीका जिबन भुजेलले आज बिहान एनआरएनए साउदी अरबमा यो समस्याका बारेमा जानकारी दिए पछि एनआरएनएले नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा एनआरएनएका फोकल प्वाइन्ट हरिश्चन्द्र घिमिरेज्यु समक्ष यो समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरिसकेको छ ।

यी कामदारहरूलार्इ पाथिभारा प्लेसमेन्ट सर्भिसेजले जनही ७० हजार देखि १ लाख १० हजार सम्म लिएर  साउदी अरबको सिनो हाइड्रो कम्पनीमा पठाएको हो । साउदी अरबका लागि कामदारहरूबाट म्यानपावर कम्पनीहरूले अधिकतम ७० हजार रूपैया सम्म लिनसक्ने बैदेशिक रोजगारको नियम भएता पनि म्यानपावर कम्पनीहरूले न्युनतम ७० हजार भन्दा बढी नै रकम कामदारहरूबाट लिइरहेका छन् ।

साउदी अरबमा कामदारहरू ठगिदै शोषिदै न्युन तलबमा काम गर्नु परेको,साउदीकरणका कारण कतिपय रोजगारदाता कम्पनीहरू रेड जोनमा परी स्वदेश फर्किन समेत नपार्इरहेको,घरेलु महिलाहरूले पीडा र शोषण खेप्दै असुरक्षित रोजगारमा पिल्सिरहेको बेला ४ महिनासम्म तलबै नदिने जस्ता नयां नयां समस्याहरू थपिइरहेका छन ।


साभार www.nrnaksa.org 

No comments:

Post a Comment