Tuesday, January 8, 2013

गल्फ एयरले नेपाल उडान बन्द गर्दै

२५ पुस, खाडी मुलुक बहराइनको राष्ट्रिय ध्वजाबहाक गल्फ एयरले काठमाण्डौ उडान बन्द गर्ने भएको छ । विज्नेस घाटा भएको कारन देखाउदै एयरलाइन्सले आफ्नो वेबसाइटमा एक सूचना राख्दै नेपालका लागि अन्तिम उडान मार्च २४ मा हुने बताएको छ । गल्फ एयरले नेपालसहित बंगलादेश र श्रीलंकाको उडान पनि बन्द गर्दै छ । एयरलाइन्सले आगामी मार्च २५ देखि सम्पूर्ण उडान बन्द गर्न लागेको हो । हाल सातामा १४ उडान गरिरहेको गल्फ एयरले यही शुक्रबारदेखि सातामा पाँचवटा मात्र उडान गर्दै छ ।
गल्फ एयरको उडान बन्द भएपछि बहराइन-काठमाण्डौ तथा गल्फ एयरबाट बहराइन ट्रन्जिट गरी आवतजावत गर्ने नेपाली मजदुरहरु जो मध्यपूर्वका खाडीमुलुकहरुमा कार्यरत छन् उनीहरुकोलाई ठूलो असर पर्ने देखिन्छ । अन्य मुलुकको अनुपातमा यसै त नेपालको लागि महङ्गो उडान व्यहोरी रहेका नेपाली मजदुरहरुलाई यसरी एयरलाइन्सहरु बन्दहुनुले टिकट मुल्यमा झनै असर नपर्ला भन्न सकिदैन ।

No comments:

Post a Comment